Logo

अर्थ

मेगा बैंकको ‘मेगा प्रोजेक्ट’ १ अर्ब १६ करोडमा जग्गा खरिद



मेगा बैंकको मेगा प्रोजेक्ट सार्वजनिक गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय निर्माणका लागि मेगा प्रोजेक्ट अन्तरगत जग्गा खरीद गर्ने भएको छ ।

बैंकले काठमाडौं महानगरको ५ नम्बर वडामा १ अर्ब १६ करोड रुपैयाँमा जग्गा खरीद गर्ने निर्णय गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले जग्गा खरीद गर्ने निर्णय गरेको हो ।

हलो देखि हाइड्रोसम्म लागानी गर्ने योजनाको साथ स्थापना भएको बैंक पछिल्लो समय फराकिलो ब्यापार बिस्तार गर्नेमा अग्रपङ्तिमा आउँछ । मर्जर र एक्विजिसनसँगै आफ्नै ब्यापार बिस्तारबाट बैंक करिब डेढ खर्बको भइसकेको छ ।

बैंकले अहिलेसम्म भाडाको घरमा कर्पोरेट कार्यालय संचालन गरिरहेको छ । काठमाडौंको राइजिङ मलमा केन्द्रीय कार्यालय रहेको बैंकले जग्गा खरिदपश्चात आफ्नै भवन निर्माण गर्ने जनाएको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार