Logo

अर्थ

ग्लोबल आईएमई बैंकद्वारा १३.५० प्रतिशत लाभांश प्रस्ताव



वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यद्यपि, उक्त लाभांश भने बैंकको साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र वितरण हुने बताइएको छ । अघिल्लो वर्षमा बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी अधिकतम १६ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, यसपटक बैंकले गत वर्षको तुलनामा २.५० प्रतिशतले नै लाभांश घटाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख नाघ्नेछ । गत आर्थिक वर्षमा बैंकले खुद ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  १२ : १४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।