Logo

स्वास्थ्य

७ सय ८५ जनामा कोरोना संक्रमण,८ सय ८८ संक्रमित निको



पछिल्लो २४ घण्टामा ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार एक सय ९५ जनाको कोरोना परीक्षण गर्दा ७ सय ८५ जना संक्रमित देखिएको हो ।

कोरोना संक्रमणबाट थप १२ जनाले ज्यान गएको छ भने पछिल्लो २४ घण्टामा ८ सय ८८ संक्रमित निको भएका छन्।

त्यस्तै हालसम्म देशभर ११ हजार २ सय ४३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपालमा कुल १४ हजार ७ सय ८७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार