Logo

स्वास्थ्य

७ सय ९२ जनामा कोरोना संक्रमण,९ सय १० संक्रमित निको



पछिल्लो २४ घण्टामा ७ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा जम्मा ९ हजार ६ सय १९ जनाको कोरोना परीक्षण भएको थियो ।
उक्त परीक्षण पीसीआर विधिबाट ७ हजार ६० परिक्षण गर्दा ६ सय ९१ जना र एन्टिजेन विधिबाट २ हजार ५ सय ५९ परिक्षण गर्दा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ९ सय १० संक्रमित निको भएका छन्।

त्यस्तै हालसम्म देशभर ६९ हजार ८ सय २४ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् । मन्त्रालयका अनुसार नेपालमा कुल १४ हजार ५ सय ५४जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार  ५ : १४ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।