Logo

अर्थ

प्रि ओपन सेसनमा नेप्से थोरै अंकले वृद्धि



साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक शून्य दशमलव १८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ।

१३ कम्पनीको नौ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८ दशमलव ९० अंक घटेर दुई पाँच सय ८८ दशमलव सात विन्दुमा बन्द भएको थियो । सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको भाउ बढेको छ भने चार कम्पनीको घटेको छ । बाँकी कम्पनीको मुल्य स्थिर रहेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १३:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।