बितेको २४ घण्टामा ६ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ८ हजार ४ सय २६ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ७ हजार २२ जनाको परिक्षण गर्दा ५ सय ३५ जना र १४ सय ४जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण थप १३ जना संक्रमितको मृत्यु भएको छ भने विभिन्न अस्पतालबाट ७ सय ५८ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २ जनाले खोप लगााएका छन् ।




















प्रतिक्रिया