Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीको भाउ तोलामा १० रुपैयाँले घट्यो



आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ नै कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १२:४७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।