यो साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक १६ दशमलव ६० अंकले बढेको छ । ५ कारोबार दिनमा पहिलो २ दिन ओरालो लागेको बजार अन्तीम ३ दिन भने बढेर बन्द भएको थियो ।
यो साता २४५८ दशमलव ४९ को बिन्दुबाट शुरु भएको परिसूचक साताको अन्तिम दिन सम्म आइपुग्दाँ १६ दशमलव ६० अंकले उकालो लाग्दै २४७५ दशमलव ०९ को बिन्दुमा पुगेर यस साताको कारोबार बन्द भएको हो ।
यो साता नेप्सेमा साढे २० अर्ब भन्दा बढीको कारोबार भएको छ । नेप्सेमा यस साता ४ करोड ८८ लाख ५ हजार ७२८ कित्ता शेयर २ लाख ६२ हजार २६१ पटक खरिद बिक्री हुदाँ २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार रुपैया बराबरको कारोबार भएको हो ।
यस साताको अन्त्यमा नेप्सेको बजार पूँजीकरण ३४ खर्ब १७ अर्ब ३४ करोड ४७ लाख १५ हजार ६९ रुपैयाँ ५ पैसा कायम भएको छ ।
कारोबारको पहिलो दिन आइतबार नेप्सेमा ४ अर्ब ९५ करोड २७ लाख रुपैया बराबरको कारोबार भएको थियो । सो दिन परिसुचक ५१ दशमलव २३ अंकले ओरालो लाग्दै २४०७ दशमलव २६ को बिन्दुमा पुगी कारोबार बन्द भएको थियो । सोही दिन कारोबारमा आएका २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयर ६० हजार ९७३ पटक खरिद बिक्री भएको थियो ।
यस्तै, कारोबारको दोस्रो दिन (सोमबार) नेप्से परिसुचक २४०७ दशमलव २६ को बिन्दुबाट शुरु भई १८ दशमलव १ अंकले घटेर २३८९ दशमलव १९ को बिन्दुमा पुगेको हो । सो दिन नेप्सेमा २१२ कम्पनी कारोबारमा आएका थिए । उक्त कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर ५२ हजार ३०९ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ करोड ८४ लाख रुपैंया बराबरको कारोबार भएको हो ।
कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसुचक सामान्य अंकले बढेको थियो । मंगलबार २३८९ दशमलव १९ को बिन्दुबाट सुरु भएको परिसुचक अन्तिम समयसम्म आउँदा २ दशमलव ५६ अंकले ओरालो लाग्दै २३९१ दशमलव ७५ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो । यस्तै कारोबारमा आएका २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर ४६ हजार ५४० पटक खरिद बिक्री हुदाँ ३ अर्ब ३७ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
यसैगरी, कारोबारको चौथो दिन बुुधबार नेप्से परिसुचक ४० अंकले बढेको थियो । सो दिन ४० अंकले उकालो लाग्दै परिसुचक २४३२ दशमलव १५ को बिन्दुमा पुगेको थियो । उक्त दिन कारोबारमा आएका २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ३७ करोड ४५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
त्यसैगरी,कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसुचक करिब ४३ अंकले बढेको थियो । बिहीबार २४३२ दशमलव १५ को बिन्दुबाट शुरु भएको कारोबार ४३ दशमलव ९४ अकंले उकालो लाग्दै २४७५ दशमलव ०९ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो । सो दिन नेपसेमा २१३ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर ५७ हजार ७४२ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६६ करोड १७ लाख रुपैया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया