थप तीनवटा जलविद्युत कम्पनीले आइपिओ जारी गर्ने भएका छन् । आईपीओको अनुमतिका लागि जलविद्युत कम्पनीहरुले बोर्डमा निवेदन दिएका छन् । सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपवार र ग्रीन भेन्चर हाइड्रोपवार कम्पनीले आइपिओका लागि बोर्डमा निवेदन दिएका छन् ।
सयपत्रीले ९ लाख कित्ता, बलेफीले ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रीन भेन्चरले ६२ ख ५० हजार कित्ता गरि कूल एक करोड आठ लाख पाँच हजार कित्ता बढी साधारण सेयर निष्काशनको तयारी रहेको छ ।
फागुन मसान्तसम्म आइपीओ निष्काशनको लागि निवेदन दिने कम्पनीको संख्या १५ पुगेको छ। आठ कम्पनीको निवेदन पहिलो चरणमा छ भने ७ कम्पनीको निवेदनमाथी यस अघिदेखि नै छलफल भइरहेको छ।
पहिलो चरणमा रहेका आठवटा कम्पनीले कूल दुई करोड ६१ लाख कित्ता साधारण सेयर निष्काशनको तयारी गरेका छन्।
प्रतिक्रिया