Logo

अर्थ

सेयर बजार २६ दशमलव ९६ अंकले बढ्यो



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर दुई हजार पाँच सय ८३ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज दुई सय २५ कम्पनीको दुई अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन् । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

व्यापार समूहको सूचकमाबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको सूचकमा चार प्रतिशतभन्दा बढीको सुधार भएको छ भने अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार भएको छ बाँकी सबै समूहको सूचकमा शून्यदेखि एक प्रतिशतसम्मको सुधार आएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी कम्पनीको सेयरमुल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले धेरै नेक्सानी ब्यहोरेका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  ३ : ३४ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।