नेपालमा थप ५ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ७ हजार ६ सय २५ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ६ हजार ६१ जनाको परिक्षण गर्दा ५ सय २२ जना र १ हजार ५ सय ६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण थप ३ जना संक्रमितको निधन भएको छ भने विभिन्न अस्पतालबाट ८ सय ७७ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ५ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगााए सँगै निको हुने दर ९७.३ प्रतिशत पुगेको छ ।




















प्रतिक्रिया