नेपालमा कानुनको अभावमा विदेशी लगानीकर्ताहरुले इन्भेष्टमेन्ट कम्पनी खोल्न नपाइरहेको अवस्थामा सरकारले यस सम्बन्धि कार्यविधि ल्याएर अनुमति दिएको छ । कार्यविधि आएपछि चिनियाँ व्यावसायीको लगानी रहेको ६ अर्ब रुपैंँयाँको दोस्रो इन्भेष्टमेन्ट कम्पनीको संचालनको लागि स्वीकृत भएको छ।
चिनियाँ व्यावसायी यीङ हु सुआनको नेतृत्वको समूहले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न इन्भेष्टमेन्ट कम्पनी खोल्ने अनुमति पाएको हो । २० जनाको समुहले नेपालमा हाउजिङ लगायत विभिन्न व्यावसायमा लगानी गर्न इन्भेष्टमेन्ट कम्पनी खोल्ने तयारी गरेको छ । कम्पनी दर्ताका लागि उद्योग विभागमा २ वर्षअघि निवेदन दिइएको थियो ।
विदेशी इन्भेष्टमेन्ट कम्पनी दार्ता गर्ने मापदण्ड आएसँगै लगानी स्वीकृत भएको हो । लगानी स्वीकृत भैसकेपछि अब कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ताको लागि प्रक्रिया सुरु गरेको छ ।
यसअघि सरकारले एसएच कम्पनीको १३ अर्ब लगानी स्वीकृत गरेको छ । यो कम्पनीले दाङ सिमेन्टमा लगानी गर्नेछ। यस्तै अन्य कम्पनीको पनि लगानी स्वीकृतको प्रकृयामा रहेको बुझिएको छ।
चालु वर्षको पहिलो तीन महिनामा १ सय ७ कम्पनीको २४ अर्बको लगानी स्वीकृत गरिसकेको छ ।




















प्रतिक्रिया