Logo

अर्थ

लुम्बिनी विकास बैंकले घोषणा गर्यो १३.७१२ प्रतिशत लाभांश



लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ ।

बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ११:१३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।