आईतबार नेपाली बजारमा सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । शुक्रबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आईतबार पुनः ५ सय रुपैयाँले बढेर छापावाल सुन ८७ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन पनि आईतबार ५ सय रुपैयाँले बढेर ८६ हजार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
शुक्रबार १५ रुपैयाँले घटेको चाँदीको मूल्य आईतबार भने ५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया