Logo

स्वास्थ्य

कोरोनाबाट थप ११ जनाको मृत्यु, ६ सय ६६ जना नँया संक्रमित



नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । साथै ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ९ हजार ७ सय ७१ जनाको परिक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको हो ।

विभिन्न अस्पतालबाट ६ सय २२ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ७३ हजार ४ सय २७ जनाले कोरोना विरुद्धको खोप लगााए छन्

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १६:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।