Logo

बैंकिङ

ग्लोबल आइएई र होलट व्यवसायी महासंघबीच सहुलियत दिने सम्बन्धमा सम्झौता 



ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियत दिन सम्बन्धमा सम्झौता भएको छ । नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैङ्किङ कारोबारको पहुँच भित्र ल्याउने विषय सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् । 

होटल व्यवसायी महासंघ नेपालसंग आवद्ध व्यवसायीहरूलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको हो । 

यसका साथै महासङ्घसँग आबद्ध व्यवसायीहरूको लागि बैंकले आवश्यकता अनुसार बैङ्किङ एवं वित्तीय साक्षरता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासङ्घसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।  
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैङ्किङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ११ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।