Logo

स्वास्थ्य

नर्भिकले शनिबार स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने



थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । आगामी शनिबार नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको हो ।

स्तन क्यान्सर विशेषज्ञ डा.वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । पछिल्लो समय नेपाली महिलाहरूमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरूले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा। गिरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । यो सेवाअन्तर्गत प्रत्येक शनिवार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपिडी सेवा दिनेछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १५:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।