Logo

स्वास्थ्य

कोरोनाबाट थप २ जनाको मृत्यु, ५ सय ९१ जना नँया संक्रमित



नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । साथै ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ११ हजार ३ सय ५५ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ८ हजार ८ सय ४८ जनाको परिक्षण गर्दा ५ सय २७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

विभिन्न अस्पतालबाट ६ सय ६४ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १६:४९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।