Logo

अर्थ

नेपाल लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्नेले लक्की ड्र मार्फत जिते आइफोन १२



नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको योजना अनुसार बीमा शुल्क (प्रीमियम) इसेवाबाट भुक्तानी गर्ने बीमितहरुमध्ये एकले लक्की ड्र मार्फत आइफोन १२ हात पारेका छन् । नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई कम्पनीका नायब महाप्रबन्धक अमित केयालले आइफोन १२ प्रदान गरेका थिए ।

नेपाल लाइफका नायब महाप्रबन्धक केयालले डिजिटल प्लाटफर्म मार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे ।

आइफोन १२ विजेता दाहालले १० वर्ष अघि बीमा गरेको पोलिसिको प्रीमियम समय र सहजतालाई ध्यान दिइ इसेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताए । तर इसेवाबाट तपाई लक्की ड्र मार्फत छनौट हुनु भएको छ भनी फोन आउँदा आफु सर्पाइज भएको सुनाएका थिए ।

नेपाल लाइफले बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफले प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १६:५१   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।