सोमबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । आईतबार ५ सय रुपैयाँले बढेको सुन सोमबार पुनः २ सय रुपैयाँले ओरालो लाग्दै छापावाल सुन ८७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन पनि आईतबार ५ सय रुपैयाँले बढेको थियो । सोमबार भने २ सय रुपैयाँले ओरालो लाग्दै ८६ हजार ५ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
सोमबार चाँदी भने २० रुपैयाँले घटेको छ । आईतबार ५ रुपैयाँले बढेको चाँदी सोमबार २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया