Logo

स्वास्थ्य

कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै



महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विज्ञहरुले बताउदै आएका छन् ।

खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या अझै पनि खोप लगाएको छैन् । त्यस्तै अन्य विकसित देशका विज्ञहरुले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सन्र्दभमा वेलायमा खोपको असरबारे एउटा अध्ययन भएको छ । अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुन्छ ।

राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो ।अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए ।जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांग बारे सिन्ड्रोम ९जीबीएस० देखिएको थियो । यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् । अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ । (एजेन्सी

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ११:३०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।