Logo

अर्थ

तिहार : रसुवागढी नाकाबाट ५० भेँडा-च्याङग्रा नेपाल भित्रिए



चीनसँगको  व्यापारिक नाका रसुवागढीबाट भेँडा-च्याङग्रा नेपाल भित्र्याइएकाे छ । शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुकाे माग बढेकाे छ ।

‘सय भन्दा बढी भेँडा-च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएकाे छ,’ उनले भने ।

विगतभन्दा यो वर्ष भेँडा च्याङ्ग्राको भाउ महँगाे रहेको न्यौपानेले बताए । एउटै भेँडा च्याङ्ग्रामा ३ हजारदेखि ३ हजार ५ सयसम्म महँगाे परेकाे उनले बताए । नेपाल भित्रिएका  भेँडा-च्याङ्ग्राको मूल्य ३२ हजारसम्म परेकाे ५ । 

दसैँमा १ सय ७० भेँडा-च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएकाे थियाे । 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।