Logo

प्रमुख समाचार

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सोमबार (आज) प्रदेससभामा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको सोमबार दिउँसो ३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मतको प्रस्ताव गरेपछि उनको प्रस्तावमाथि आज नै मतदान गर्ने गरि प्रदेशसभाले सबै तयारी पूरा गरिसकेको बुझिएको छ ।

पाण्डे नेतृत्वमा प्रदेशमा बनेको नयाँ सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै आज संसदमा विश्वासको मत लिने निर्णय गरेको थियो ।

नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि गठबन्धन दलबाट सरकारको नेतृत्व गर्दै नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलका नेता पाण्डेले सत्तारोहण गरेका थिए ।

मुख्यमन्त्री बनेको एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा माओवादीका २३, कांग्रेसका २२, समाजवादीका १३ र जसपाका १ गरि ५९ जना सांसद पाण्डेको पक्षमा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार ११:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।