Logo

अर्थ

केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको पाँच अर्ब गरी छ अर्ब १० करोड रुपैयाा बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । 

ट्रेजरीको बोलकबोल साेमबार दिउँसो २ बजे अनलाइनमार्फत् खुला हुनेछ । ९१ दिने ट्रेजरी आगामी २५ माघमा परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २७ वैशाख २०७९ मा परिपक्व हुने राष्ट्र बैंकले जनाएकाे छ ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् प्रत्येक हप्ता ऋणपत्र बिक्री गर्ने गर्दछ । 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १३:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।