Logo

अर्थ

रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरमा गाभिन लागेपछि कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

यी दुई कम्पनीहरूबीच १७ कात्तिकमा मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रैराङ हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १३:१९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।