Logo

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा संक्रमण पुष्टि 



लगातार दुई दिनसम्म कोरोना संक्रमितको संख्यामा बृद्धि भएकोमा बुधबार भने मंगलबारको तुलनामा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । 

भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि दोस्रो लहर शुरु हुने चिन्ता व्यक्त गरिएको छ ।  पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७२ हजार १८७ जना निको भएका छन् ।

यही अवधिमा १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड-१९ बाट ३ हजार २० जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।