Logo

स्वास्थ्य

पोखराको एउटै वडामा १४ जनालाई कोरोना संक्रमण



पोखरा,कास्की जिल्लाको पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराको वडा न ४ मा १० जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको हो । सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको जनाइएको छ । 

पोखरास्थित क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको शर्माको भनाइ छ । योसँगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १६ हजार ४३५ पुगेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।