Logo

फोक्सोमा गम्भीर संक्रमण भएका भलिबल खेलाडी प्रकाश  आर्थिक अभावमा अस्पतालमा छट्टपटिदै



खेलाडी देशका गहना हुन् । खेल जगतबाट आफ्नो माटोको पहिचान बनाउने खेलाडीहरु बेलाबेला विभिन्न समस्यासँग मुकाबिला गरिरहनुको परेको समाचार पनि बाहिर आउने गरेका छन् । उर्जाशिल उमेर खेलमा लगाएपनि राज्य तहबाट कुनै पनि सहयोग नहुँदा खेलाडीहरु बेला बेला निकै गुनासो गर्ने गर्छन् ।

त्यस्तै भलिबललाई जीवन बनाएका सुदूपश्चिम प्रदेश अछाम जिल्ला मेल्लेख गाउँपालिका वडा नं ४ कुस्कोट ,राफा निवासी एक खेलाडी फोक्सोमा संक्रमण देखा परेपछि जीवन मृत्यु सँग संघर्ष गरिरहेका रहेका छन् ।  बुबा  प्रेमबहादुर साउद र आमा 
 खन्टि साउदका छोरा कुस्कोट भलिबल  टिमका  कप्तान ,  प्रकाश साउदको फोक्सोमा भएको गम्भीर संक्रमणको कारण उनी भारतको एक अस्पालमा जीवनको भीक मागिरहेका छन् ।  

एक हप्ताको नोभा हस्पिटल धनगढीमा उपचार पश्चात् सम्भव नभई थप उपचारको निम्ति लखनउ रिफर गरिएका उनको घरको आर्थिक स्थिती निकै दयनिय रहेको छ ।   लखनउ स्थित  राजा मेडिकल एण्ड होस्पीटल लखनमा आइसीयूमा उपचार गराइरहेको उनको १० लाख रुपैया लाग्ने अस्पताले जनाएपछि उनको परिवारले छोरा प्रकाशलाई जिवनको भीक मागिरहेका छन् ।  उनको  आर्थिक  अबस्था निकै  नाजुक  भएको कारणले  थप  उपचार  गर्न  एकदमै  गाह्रो  भईरहेको भन्दै परिवारजनहरुले दुखेसो पोखेका छन्।  

उनका आफन्तहरुले  प्रकाश बचाउ अभियान जारी गर्दै  सहयोगी मनहरुमा निजको आमा खन्टी देवी साउदको नाममा मेघा बैंकक लिमिटेड साँफे वगर शाखामा रहेको खाता नं 0300051043098 ,  पैसा जम्मा गरिदिन अपिल गरेका छन् । सानो सानो सहयोगले प्रकाशको ज्यान बच्न सक्ने अभिलासाका साथ प्रकाशm बचाउ अभियानको थालनि गरिएकाले सहयोग मनहरुलाई सके जति सहयोग गरिदिनुहुन आग्रह उनका आफन्तहरुले जनाएका छन् । साथै उनका अाफन्तजनहरुसँग सम्पर्क गरेर भए पनि सहयाेग गरिदिन भनेका छन् ।
राम साउद (भिनाजु) सम्पर्क नं 8544745723 खाता बालाको नाम :

सुनिल चलाउने खाता नम्बर :11563752471 State bank of india I.f.s.c:SBIN0008840 मा आफ्नो तर्फबाट सक्दाे रकम सहयोग गरिदिनहुन अनुरोध गर्दछौं

थप सम्पर्क व्याक्ति हरु राम ब साउद 9848678204

गम्भीर साउद 9848514267

भिम साउद 9868849186

मनाेज कुमार साउद 9848460159

सुरज साउँद 9848435700 शंकर साउद

9848564354 शेर ब साउँद 9804425346

लाेकेन्द्र साउँद 9848298084 सँग सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।