Logo

अर्थ

सुनको मूल्यमा लगातार वृद्धि, आज कति छ तोलाको ?



नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार कायम भएकोमा आज चार सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार चार सय पुगेको छ ।

यस्तै, छापावाल सुनप्रति १० ग्राम ८० हजार नौ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ८० हजार पाँच सय पाँच रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रति तोला एक हजार दुई सय ७० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार एक सय दुई पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १५:२८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।