Logo

कर्पोरेट फोकस

कामना सेवा बिकाश बैंक, ठाडाद्वारा नेपालकै प्रसिद्ध सुपादेउराली मन्दिरलाई डस्टबिन बितरण



कामना सेवा बिकाश बैंक लिमिटेडको १५औ बार्षिक उत्सवको उपलब्धमा सितगङ्गा नगरपालिका ४ ठाडा अमराइमा रहेको शाखा कार्यलयले सुपादेउरालिमै पुगेर एक कार्यक्रम गरि ५ थान पलास्टिक डस्ट्बिन बितरण गरेको छ ।

कार्यक्रममा वार्ड न २ का अध्यक्ष गोबर्धन थापा,मन्दिर समितिका पदाधिकारी,बैंकका कर्मचारि स्थानीय पत्रकारहरुको उपस्थितिमा डस्टबिन वितरण गरिएको बैंकका सम्बन्ध प्रबन्धक महेश खनालले जानकारी दिएका छन् । प्रत्येक बर्ष बार्षिक उत्सवमा हाम्रो शाखाले बिभिन्न कार्यक्रम गरि उत्सव मनाउने गरेको खनालले जानकारी दिएका छन् ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।