Logo

स्वास्थ्य

नेपालमा आज ३ सय ६ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ सय ६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

९ हजार ६ सय ६ जनाको नमुना संकलन गर्दा ८ हजार ८ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ९१ र १ हजार ५ सय ९८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ४८ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७७ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार २ सय १५ जना रहेका छन् ।

मुलुकभर हाल १५ हजार ९ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १६:२५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।