Logo

स्वास्थ्य

आज ४ सय १६ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ४ सय १६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

१२ हजार ६ सय ४ जनाको नमुना संकलन गर्दा ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ६७ र ४ हजार ८ सय ४८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७० जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७८ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ३ सय ११ जना रहेका छन् ।

मुलुकभर हाल ७४ हजार ४ सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १७:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।