पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४५ को पिसिआर परीक्षण गर्दा ८५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन ।
सोहि समयमा ९३ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् भने कोरोना भाइरसकै कारण ३ जनाले ज्यान समेत गुमाएका छन् ।
हाल देशभर १ हजार २ सय ८८ जना संक्रिय संक्रमित रहेका छन् भने ३ हजार २७ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।




















प्रतिक्रिया