Logo

बागमती प्रदेश

आगामी तीन दिनको मौसम पूर्वानुमान



काठमाडौं । आज देशभर अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

यसैगरी, शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरुसहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

राति सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरु सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०८:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।