Logo

स्वास्थ्य

२ सय ९९ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

११ हजार १ सय ५१ जनाको नमुना संकलन गर्दा ७ हजार ८ सय ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ७२ र ३ हजार २ सय ८८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८९ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ६ सय ४२ जना रहेका छन् ।
कोरोना विरुद्धको खोप ७ज्ञ हजार ८ सय ९२ जनो लगाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १६:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।