Logo

अर्थ

एमसीसी ढिला गर्ने भए पैसा अन्तै दिने अमेरिकी सहायक विदेशमन्त्रीको चेतावनी



काठमाडौं । नेपालले आफ्नो देशले सहायताको रुपमा दिन चाहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा ढिलाई गर्दै जाने हो भने उक्त परियोजनाको रकम अरु देशलाई दिने भन्दै अमेरिकाले चेतावनी दिएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार एमसीसी नेपालले पास नगर्ने भए अर्को मुलुकलाई दिने बताएका हुन् ।

‘पत्रकारहरूसँग कुरा गर्दै लुले एमसिसी ऋण भएको र संसारका थोरै मुलुकले मात्रै यो परियोजना पाएको बताए । पैसा केमा खर्च गर्ने भन्ने सम्बन्धित देशका सरकारले छान्ने बताउँदै उनले अनुदान लिने कि नलिने निर्णय गर्न नेपाल सार्वभौम रहेको बताए ।

तपाईंले नेपाली नेताहरूलाई एमसिसी पास गर्न कुनै समय–सीमा भन्नुभएको छ ? भन्ने प्रश्नमा सहायक विदेश मन्त्री लुले समय सीमा नभए पनि अब एमसिसीबारे निर्णय गर्न नेपालले धेरै ढिला गर्न नहुने बताए । यदि अब पनि एमसीसी कार्यान्वयनमा ढिलाई गर्ने हो भने उक्त परियोजनाको रकम अर्को मुलुकलाई जाने उनको उनको भनाई रहेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : १७ बजे