Logo

गुडिरहेकाे बसकाे ढाेकाबाट झरेर एक यात्रुको मृत्यु



सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलवबार बिहान मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

गाईघाटस्थित आफन्तको आएर फर्किने क्रममा बसबाट झरेका हुन । त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेको शर्मा बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढाेकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ ।

शर्माको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ११:५०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।