Logo

समाचार

३ सय ५१ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ सय ५१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

१० हजार १ सय ७४ जनाको नमुना संकलन गर्दा ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय १३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७३ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ३ सय जना रहेका छन् ।

९८ हजार ५ सय ११ जनाले काेराेनाा विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १७:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।