पछिल्लो २४ घण्टामा ३ सय ५१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
१० हजार १ सय ७४ जनाको नमुना संकलन गर्दा ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय १३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७३ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ३ सय जना रहेका छन् ।
९८ हजार ५ सय ११ जनाले काेराेनाा विरुद्धकाे खाेप लगाएका छन् ।





















प्रतिक्रिया