Logo

स्वास्थ्य

भारतीय सेनाद्धारा नेपाली सेनालाई भ्याक्सिन हस्तान्तरण



भारतीय सेनाद्धारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १,००,००० (एक लाख) डोज Covid-19 Vaccine ‘Covishield’ को पहिलो खेप आज मिति २०७७/१२/१७ गते जंङ्गी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा हस्तान्तरण भएको छ ।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले Video Tele Conferencing मार्फत उक्त Vaccine प्रधान सेनापति पुर्ण चन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरे पश्चात नेपालका लागि भारतका राजदुत महामहिम विनय मोहन क्वात्राले भौतिक रुपमा हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका थिए ।

प्रत्युत्तरमा प्रधान सेनापति पूर्ण चन्द्र थापाले यस सहयोगको लागि जनरल नरवणे, भारतिय सेना तथा भारतिय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै यस सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने,  महामारी बिरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना ब्यक्त गरेका थिए ।   

 

 

 

 

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ४ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।