Logo

प्रमुख समाचार

पतञ्जलिलाई कानून लत्याउने छुट, कारवाही गर्नु नपर्ने विभागको भनाइ



काठमाडौं । सरकारका कुनै पनि निकायबाट अनुमति नै नलिइ देशका कार्यकारी प्रधानमन्त्रीबाट टेलिभिजन प्रसारणको उद्घाटन गराएको पतञ्जलि योगपीठले कानूनको धज्जी उडाउने छुट पाएको छ । गत शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका पतञ्जलि नेपाल र आस्था टेलिभिजनका सम्बन्धमा कतैबाट अनुमति नलिएको भन्दै व्यापक आलोचना भइरहेका बेला सरकारी नियमाक निकाय सूचना तथा प्रसारण विभागले भने कारवाही गर्नु नपर्ने निष्कर्श निकालेको हो ।

प्रधानमन्त्री देउवा सहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष समेतको उपस्थितिमा भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णले दुइ टेलिभिजनको उद्घाटन गराएका थिए । उक्त उद्घाटन लगत्तै प्रसारण अनुमति नपाएको भन्दै सबैजसो सञ्चार माध्यमले समाचार व्यापक बनाएपछि विभागको निर्देशक सुदीप भट्टराईको संयोजकत्वमा एक समिति बनाएर अध्ययन गरेको थियो ।

प्रसारणको उद्घाटन नै भइसकेको टेलिभिजनबारे अध्ययन गर्न बनेको भट्टराई नेतृत्वको समितिले भने टेलिभिजन प्रसारणको लागि कुनै पनि उपकरणहरु खरिद नै नगरेको भन्दै कारवाही गर्नु नपर्ने निष्कर्श निकालेको छ । पतञ्जली योगपीठले टेलिभिजन रहने भवनको उद्घाटन मात्र गरेको पाइएकोले कारवाही गरिरहनुपर्ने नदेखिएको निष्कर्श निकालेको हो ।

शुक्रबार प्रधानमन्त्री देउवाले भने रिमोट थिचेरै दुइ टेलिभिजनको उद्घाटन गरेका थिए । मण्डिखाटारमा रहेको टेलिभिजन कार्यालयमा आइतबार समितिले छापा हानेको खबर व्यापक भएको थियो । यद्यपी दुवै टेलिभिजनलाई कारवाही नहुने समितिको निष्कर्श निकालिएसँगै पतञ्जलि योगपीठले नेपालको कानूनको धज्जी उडाउने छुट पाएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ६ : २५ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।