Logo

कर्पोरेट फोकस

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा



निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
 
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन् । कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ । त्यसैगरी, दुई करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ ।  गत वर्ष कम्पनीले १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  १२ : ३६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।