Logo

स्वास्थ्य

डब्ल्यूएचओको चेतावनी यस्तो आयो ! ‘कोरोना खोप प्रयोगमा आउनु अघि २० लाखको मृत्यु हुनसक्ने’



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस ९कोभिड १९० बाट झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनीको खबर सार्वजानिक गरेको छ ।  

कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउनुभन्दा अघि नै २० लाख मानिसको मृत्यु भइसक्ने डब्ल्यूएचआले दाबी गरेको हो ।  संक्रमणले हाल सम्म विश्वभर करिब १० लाख मानिसको ज्यान लिइसकेको छ । 

डब्ल्यूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बलियो भएमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा कम गर्न सकिने दावी गरेका छन् । 

पछिल्लो समय बेलायत लगायतका केही मुलुकमा महामारीको दोस्रो लहर सुरु भएको छ । मानिसमा संक्रमण देखिए पनि  संक्रमितकोे संख्या बढ्न थालेको छ ।

अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । विश्वभर ३ करोड २७ लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ । एजेन्सी

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  १ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।