Logo

प्रमुख समाचार

कोरोनाको नयाँ भेरियन्ट, देउवासँग आलेले भेट गरेपछि सीसीएमसीको बैठक बस्ने



काठमाडौं । हाल विभिन्न देशहरुमा कोरोना भइरसको नयाँ भेरियन्टहरु पुष्टि हुन थालेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन पहल थाल्ने भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमकुमार आलेले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरेपछि सतर्कताको पहल सुरु हुने भएको हो ।

नयाँ भेपिरयन्ट नेपालमा रोकथामको लागि पूर्व तयारी कसरी गर्ने भन्ने बारे शनिबार मन्त्री आलेले प्रधानमन्त्री देउवासँग भेटेर छलफल गर्ने भएका छन् । नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरुमा भाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोन संक्रमण पुष्टि भएको र यसको रोकथाममा सरकार कसरी लागि पनुपर्छ भन्ने विषयमा आलेको देउवासँग छलफल हुने बताइएको छ ।

मन्त्री आलेले प्रधानमन्त्री देउवासँग छलफल गरेपछि सुरक्षित हवाई उडान र भाइरस रोकथामका विषयमा समेत आवश्यक व्यवस्था गर्नका लागि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी)को बैठक बस्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १३:२२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।