काठमाडौं । हाल विभिन्न देशहरुमा कोरोना भइरसको नयाँ भेरियन्टहरु पुष्टि हुन थालेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन पहल थाल्ने भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमकुमार आलेले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरेपछि सतर्कताको पहल सुरु हुने भएको हो ।
नयाँ भेपिरयन्ट नेपालमा रोकथामको लागि पूर्व तयारी कसरी गर्ने भन्ने बारे शनिबार मन्त्री आलेले प्रधानमन्त्री देउवासँग भेटेर छलफल गर्ने भएका छन् । नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरुमा भाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोन संक्रमण पुष्टि भएको र यसको रोकथाममा सरकार कसरी लागि पनुपर्छ भन्ने विषयमा आलेको देउवासँग छलफल हुने बताइएको छ ।
मन्त्री आलेले प्रधानमन्त्री देउवासँग छलफल गरेपछि सुरक्षित हवाई उडान र भाइरस रोकथामका विषयमा समेत आवश्यक व्यवस्था गर्नका लागि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी)को बैठक बस्नेछ ।




















प्रतिक्रिया