Logo

अर्थ

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने मौका आज अन्तिम



काठमाडौं आज ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्ने बताएकाे छ । यसर्थ, बैंककाे लाभांश नेप्सेमा आजसम्म कायम सेयरधनीले पाउने छन् ।

बैंकले २७ मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । गत वर्षको नाफाबाट सेयरधनीलाई वितरणगर्ने लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेकाे छ । ग्लोबलको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुने जानएकाे छ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ४३ बजे