Logo

बैंकिङ

इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसको प्राप्तिको लागि अन्तिम सम्झौता



नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्नका लागि अन्तिम सम्झौता गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिबाट प्राप्त सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो । इन्भेष्टमेन्ट बैंकले सिटी फाइनान्सलाई १००:३० अनुपातमा गाभ्न लागेको हो ।

यसर्थ, सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ । यस फाइनान्सको गत पुस २८ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  ६ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।