Logo

प्रमुख समाचार

अत्यावश्यक नपरी बिदेश नजान स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरी बिदेश नजान नेपालीहरुलाई आग्रह गरेको छ । बिदेशी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेलिन थालेपछि सरकारको तर्फबाट मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही देशहरूमा तीव्र विस्तार भइरहेको र विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेकाले समयमै सावधानी अपनाउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १८:२४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।