Logo

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण फैलिँदै



दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस ‘ओमिक्रोन’ को सङ्क्रमण थप फैलिएको छ । गएको सोमवारयता सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय नयाँ सङक्रमित भएका छन् ।

नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा भेटिएको थियो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको छ ।

नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको बीबीसीले जनाएको छ । नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार गएको हप्ता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको हो ।

ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ भनेर अध्ययन भइरहेको छ । एजेन्सी

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ११:३३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।