Logo

खेलकुद

मैवाखोला अध्यक्ष कप भलिबल प्रतियोगिता, विजेतालाई नगद ३ लाखसहित चाँदी जडित ट्रफी



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले २४ मंसिरदेखि प्रथम अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङका अनुसार विजेताले नगद ३ लाख रुपैयाँसहित १६० तोला चाँदी जडित तीन वर्षे अध्यक्ष रनिङ कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

उपविजेताका लागि नगद १ लाख ५० हजारसहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । सेमीफाइनलमा पुग्ने दुई टीमलाई सान्त्वना स्वरुप नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने निर्णय भएको समेत उनले जानकारी दिए ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कारको पनि व्यवस्था गरिएको छ । वेष्ट प्लेयर अफ द टुर्नामेण्ट बन्नेलाइ नगद १० हजार, वेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट सटर, वेष्ट ब्लकर र वेष्ट स्पाईकरका लागि नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिताका लागि ताप्लेजुङ जिल्लाभरका सबै स्थानीय तहलाइ पत्राचार तथा अनुरोध गरिएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार  १० : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।